पोखरामा बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ३ युवती पक्राउ
पाेखरा | मंसिर ९, २०८१
पोखरा: कास्की प्रहरीले यौन शोषण गरेको आरोपमा ३ युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमो गोरखाको पालुङ्टार ४ स्थायी घर भई लेकसाइड बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका वडा ८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका १० स्थायी घर भई हाल लेकसाइड बस्ने करिब १९ वर्षीया जस्मिन ठकुरी रहेकी छिन् ।
पक्राउ परेकी उनीहरुले बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा गत बिहीबार राति पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार पोखराको एक होटलको कोठाबाट ४ जना बालिकालाई उद्धार गरिएको छ ।
प्रहरीका अनुसार ति बालिकाहरुलाई होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने प्रलोभनमा पारेर यौन कार्यमा संलग्न गराएका थिए ।
पक्राउ परेका उनीहरुविरुद्द मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

